सुनौलो बिहानी
Wednesday, June 26, 2024
नाकसम्बन्धी समस्या कसरी आउन सक्छन् ?
नाकसम्बन्धी समस्या कसरी आउन सक्छन् ?
नाक सम्बन्धी समस्या एउटा कारणले मात्र हुँदैन । यो समस्या उमेरका कारण पनि हुनसक्छ । बच्चाको समस्या र ठुलाको समस्या फरक हुनसक्छ । बच्चाले आफ्नो स्वास्थ्यमा ध्यान दिएका हुँदैनन् । आफ्नो नाकमा फरेन बडी (बाहिरी वस्तु) हालेर आउने, केही खेलाई राखेका चिजहरु हालेर आउने समस्या अधिक मात्रामा रहेको छ ।
युवाहरुमा एलर्जीका समस्या, नाक बन्द हुने समस्या, नाकमा मासु पलाउने समस्या धेरै छन् । त्यो भन्दा माथिको उमेरमा भने नाकबाट रगतहरु बग्ने, नाकमा मासु पलाएपछि हुने क्यान्सरका समस्या पनि हुनसक्छन् ।
नाक बन्द हुने समस्या के हो ?
खासमा नाक बन्द धेरै कारणबाट हुन सक्छन् । नाकको अगाडीको भागमा केही कुरा अड्कियो, केही कुरा रह्यो भने पनि नाक बन्द हुनसक्छ । तपाईँको नाकको हड्डी बाङ्गो छ भने पनि नाक बन्द हुनसक्छ । नाकमा मासु बढेको, नयाँ मासु पलाएको अवस्थामा पनि नाक बन्द हुनसक्छ ।
अहिले त प्रदुषणको पनि समस्या छ, यसले नाकमा कस्तो असर गर्छ ?
प्रदुषणका कारण नाकमा प्रसस्त असर गर्न सक्छ । यसमा म केही रिफ्लेक्सको कुरा गर्छु । प्रदुषणबाट नाकमा पर्ने असरलाई न्याजो पल्मोनरी रिफ्लेक्स हामीले भन्छौँ, हुन त यो ‘मेडिकल टर्म्स’ हो । प्रदुषणले कहिलेकाँही नाक जाम हुने, त्यसले गर्दा भित्री फोक्सोसम्म असर पुगेर त्यो रिफ्लेक्ट एक्टिभेट भएर श्वास प्रश्वाससम्म समस्या आउने गर्छ ।
नाकमा मासु पलाउने कारण चै के हुन् ?
नाकमा मासु पलाउने भनेको बिशेषगरी दुई भागमा विभाजन गर्नसक्छौँ । मासु पलाउने समस्यालाई चाहीँ हामी ‘न्याजलपलिप’ भनेर बुझ्छौँ । यो अबस्था भनेको क्यान्सरको अबस्था हैन तर यसलाई एक ट्युमरको हिसावले बुझ्न सकिन्छ । यस्तो अबस्थामा हामीले पोलीपोईडल्ट इश्यु भन्छौँ । यसमा उपचार सम्भव हुन्छ । अर्को भनेको ‘म्यानिमेन्ट इस्युज’ हो । यो अवस्थालाई नाकमा मासु पलाएको छ तर त्यो क्यान्सरको अवस्थामा पुगिसकेको बुझ्न सक्छौँ ।
नाक चिलाउने, धेरै हाछ्युँ आउने समस्या कस्तो खालको हो ?
नाक चिलाउने, हाछ्यु आइरहने समस्यासँगै तालु चिलाउने, कान चिलाउने लगायतका सबै समस्या ‘एलर्जीकफेनमेना’सँग सम्बन्धित छ । बिशेषगरी यो तोरी फुल्ने समयमा धेरै भएको पाउँछौँ । यसलाई हामी सिजनल र पेरिनियल भनेर क्लासिफाई गर्छौँ । मेडिकलको भाषामा हामीले यसलाई एलर्जीक राइनाइटिक्स भनेर भन्ने गर्छौँ । नाक चिलाउने, हाछ्युँ आइरहने भनेको यही रोगसँग सम्बन्धित समस्या हो ।
यस्ता समस्याको घरेलु उपचार केही छन् ?
हामीले भन्दै आउने र दिने सुझाव भनेको धुलोबाट बच्नुस् भनेर भन्दै आएका हुन्छौँ । धुलोसँगै, धुवाँ र चिसोबाट पनि यस्ता समस्याका बिरामी बच्नु पर्ने हुन्छ । एलर्जीको मुख्य कारक तत्व भनेको धुलो, धुवाँ र चिसोको वरिपरि घुम्ने गरेको हुन्छ । विरामीले धुवाँ, धुलो र चिसोबाट बच्ने काम गर्नु पर्यो ।
नाथ्री फुट्ने समस्या के हो, अनी यो गर्मीको समस्या होकी जाडोको हो ?
बिशेषगरी यसलाई ‘क्रोमोबायोलोजी’ भन्ने टर्म्स हामीले प्रयोग गर्छौँ । त्यसो हुँदा क्रोेमोबायोलोजीको कुरा पहिला बुझ्नु पर्ने हुन्छ । हामी जाडोमा बढी नाथ्री फुट्ने समस्या हुन्छ भन्छौँ । यो समस्या गर्मीको भन्दा जाडोमा बढी हुने गर्छ ।
स्वस्थ रहन नाकको सुरक्षा गर्ने उपाय के के छन् ?
गर्मी समयमा हामी पंखामा बढी बस्ने गछौँ, त्यसले नाक बन्द गराउँ छ । गर्मीमा नै बढी धुलो हुन्छ । धुवाँ धुलो भनेको हाम्रो जीवनको दैनिकी जस्तै भइसक्यो । जहाँ पनि यसको असर देखिन्छ । यस्तो अबस्थामा बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने । नाकमा मासु बढेको जस्तो आफूलाई लागेको छ भने नजिकैको चिकित्सकलाई गएर भेट्ने, जस्तो की, काठमिलमा काम गर्ने, सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने मानिस पनि हुनुहुन्छ भने यस्ता अबस्थामा हामी अकुपेश्नल एक्पोजर पनि हामी भन्नेगर्छौँ । अकुपेश्नल कुरासँग सम्बन्धित व्यक्तिहरुले आफ्नो स्वास्थ्य बारे बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
२०८१ / ८२ को आर्थिक बजेट : तप्लेजुङका कुन स्थानीय तहको कति ?
आगामि आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । केहि स्थानीय तहले १० गते अघि नै गरेका थिए भने अधिकाँश स्थानीय तहले असार १० गते सोमबार बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को धारा ७१ मा बजेट पेश र पारित गर्ने उल्लेख छ भने धारा ७१ को (१) मा उपाध्यक्ष,उपप्रमूख वा कार्यपालिकाले तोकेको कार्यालयको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र ब्ययको अनुमान कार्यालयबाट स्विकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्नेछ । सभामा पेश भएको कार्यक्रम तथा बजेट असार मसान्तभित्रमा पास गरिसक्नुपर्नेछ । सोही अुनसार ताप्लेजुङका नौ वटै स्थानीयले बजेट सार्वजनिक गरेका छन् । दुई स्थानीय तहले यस अघि र ७ स्थानीय तहले सोमबार बजेट प्रस्तुत गरेका हुन् । जस अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकाले सबैभन्दा बढी ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाको ३७ करोड ४७ लाख ३२ हजार रुपैँया बजेट सार्वजनिक गरेको छ । हेर्नुस पालिकागत बजेट विवरणः
फुङलिङ नगरपालिकाको कुल बजेट ६६ करोड ७६ लाख बढि,शिक्षालाई प्राथमिकता फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ६६ करोड ७६ लाख बढिको बजेट सभामा पेश गरेको छ । नगरपालिका उपप्रमुख भिमादेवी ओझाले नगर सभाको १६औं अधिवेशनमा ६६ करोड ७६ लाख ७३ हजार ५ सय ५१ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएको हो । जसमा चालु खर्च तर्फ ४६ करोड ७ लाख ८२ हजार ५ सय ५१ रुपैयाँ र पूँजीगततर्फ २० करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । क्षेत्रगत विनियोजन बजेट तर्फ कुल बजेटको सामाजिक विकास तर्फ ३६ करोड ३५ लाख ५५ हजार ६९०, पूर्वाधार तर्फ १० करोड ५५ लाख, आर्थिक विकास तर्फ २ करोड १३ लाख ५५ हजार ९०० सुशासन र अन्तरसम्बन्धित क्षेत्र तर्फ १७ करोड ७२ लाख ६१ हजार ९५१ रुपैयाँ विनियोजन गरिएको छ । उक्त खर्चहरूका लागि वित्तिय समानीकरण अनुदान संघीय सरकारबाट १४ करोड ८५ लाख, राजश्व बाँडफाँड संघीय सरकारबाट ९ करोड ७८ लाख ६९ हजार ५५१, सशर्त अनुदान संघीय सरकारबाट ३० करोड ६७ लाख ५५ हजार रुपैयाँ बेहोर्ने अनुमान गरिएको छ । यस्तै विषेश अनुदान संघीय सरकारबाट १ करोड ५० लाख, समपूरक अनुदान संघीय सरकारबाट १ करोड, वित्तिय समानीकरण अनुदान प्रदेश सरकारबाट ९५ लाख ९१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३ लाख ६४ हजार बेहोर्ने छ । साथै प्रदेश समपूरक अनुदानबाट १ करोड ३० लाख, प्रदेश सशर्त अनुदानबाट १ करोड ५९ लाख ९४ हजार र आन्तरिक स्रोतबाट ३ करोड ७६ लाख रुपैयाँ बेहोर्ने अनुमान गरिएको उपप्रमुख ओझाले बताउनुभयो ।
सिरिजङ्घाको बजेट ५३ करोड भन्दा बढी सिरिजङ्घा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागी ५३ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार पालिकाको केन्द्र तल्लोकमा उपाध्यक्ष डाक्टर चित्र मावोले ५३ करोड ७७ लाख २९ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । गाउँपालिकाको चालुतर्फ खर्च ९ करोड २४ लाख ४३ हजार ८ सय, आर्थिक विकासतर्फ २ करोड, सामाजिक विकासतर्फ ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैँया, पुर्वाधार विकासतर्फ ४ करोड २५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २० लाख, समपुरक कोषतर्फ ९० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
आठराई त्रिबेणीको कुल बजेट ५० करोड ५४ लाख आठराई त्रिबेणी गाउँपालिकाले आगाी आर्थिक बर्ष २०८१÷८२ का लागि ५० करोड ५४ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र हाङपाङमा पालीका उपाध्यक्ष सान्ताकुमारी आङबुहाङले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले बित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९४ लाख १५ हजार, बित्तीय समानीकरणतर्फ संघीय सरकारबाट प्राप्त १० करोड ३० लाख तथा प्रदेश सरकारबाट ६४ लाख १५ हजार रुपैयाँ आय हुने अनुमान गरिएको छ । व्ययतर्फ राजश्व बाँडफाँडतर्फको ७ करोड ९ लाख रुपैयाँ चालू तर्फ संघीय सरकारबाट प्राप्त १ करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँ गरी कूल २ करोड ५० लाख पूर्वाधार निर्माणका लागि खर्च गर्नेगरी बजेट बिनियोजन भएको छ ।साथै संघीय सरकारबाट प्राप्त २० करोड १९ लाख ५ हजार र प्रदेश सरकारबाट प्राप्त ५१ लाख ५० हजार रकम सर्त अनुसार खर्च गर्नेगरी बिनियोजन गरिएको छ ।
पाथीभरा याङवरक गाउँपालिका ४६ करोड बढी पाथीभरा याङवरक गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि ४६ करोड बढी बजेट सभामा पेश गरेको छ । गाउँपालिकाको केन्द्र थेचम्बुमा उपाध्यक्ष रनमाया गुरुङले ४६ करोड ७७ लाख ९८ हजार रुपैँयाको बजेट सभामा पेश गर्नु भएको हो ।
फक्ताङलुङको बजेट ४६ करोड फक्ताङलुङ गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१÷८२ का लागि ४६ करोड रुपैँयाको बजेट गाउँसभामा पेश गरेको छ । गाँपालिकाको केन्द्र तापेथोकमा सोमबार उपाध्यक्ष विकास लिम्बु (रविन)ले उक्त बजेट पेश गर्नु भएको हो । जसमा संघिय सरकारतर्फ वित्तिय समानीकरण अनुदान ९ करोड ६० लाख, सशर्त अनुदान १९ करोड ८० लाख ८६ हजार, राजस्व बाँडफाडतर्फ १० करोड ५८ लाख, विशेष अनुदान ५० लाख रुपैँया प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ५८ लाख १८ हजार, प्रदेश राजस्व बाँडफाडतर्फ १ करोड २८ लाख ५३ हजार, प्रदेश समपुरक अनुदान १ करोड तथा सशर्त अनुदान १ करोड १६ लाख ४९ हजार तथा गाउँपालिकाको आन्तरिक आम्दानी ४५ लाख १० हजार साथै चालु आर्थिक वर्षको अनुमानति अल्या १ करोड २ लाख ८४ हजार रुपैँया गरि कुल ४६ करोड रुपैँया आय हुने अनुमान गरिएको छ ।
मैवाखोला गाउँपालिकाको बजेट ४५ करोड, एमविविएस अध्ययन छात्रवृत्तिमा १५ लाख दिईने मैवाखोखोला गाउँपालिकाले आइतबार आयोजित आर्थिक वर्ष २०८१÷८२ का लागि ४५ करोड १९ लाख ५३ हजार ३२ रुपैयाँ बरावरको बजेट सभामा पेश गरेको छ । गाउँपालिकाको केन्द्र वडा नं.–३ साँघुमा आयोजित १५औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष कमल कुमारी लिम्बुले उक्त बजेट र कार्यक्रम पेश गर्नु भएको हो । चालुतर्फ २६ करोड ५० लाख ९८ हजार २ सय ३२ रुपैयाँ र पुँजीगततर्फ १८ करोड ६८ लाख ५४ हजार ८ सय रुपैयाँ छ । गाउँपालिकाको चालु आ.व. २०८० ८१ को बजेट ३७ करोड ५४ लाख २२ हजार थियो । चालुतर्फ पुँजीगतभन्दा ७ करोड ८२ लाख ४३ हजार ४ सय ३२ रुपैयाँ बढि हो । गाउँपालिका उपाध्यक्ष लिम्बुले पेश गर्नु भएको कार्यक्रम तथा बजेट अन्तर्गत सामाजिक विकास समितिका लागि २ करोड ४ लाख ७९ हजार ७ सय ९० रुपैयाँ रहेको छ । स्वास्थ्य तथा पोषण कार्यक्रममा ७४ लाख ४७ हजार ७ सय रुपैयाँ छ । खानेपानी तथा सरसफाईमा ३ करोड ७१ लाख ५० हजार ८ सय रुपैयाँ र युवा तथा खेलकुद शिर्षकमा ७५ लाख विनियोजन गरेको छ । लक्षित वर्ग तथा सामाजिक समावेशीकरणअन्तर्गत ७९ लाख ४३ हजार ८ सय ४२ रुपैयाँ छ ।भाषा,कला,साहित्य,संस्कृति तथा सम्पदा संरक्षणमा २ लाख,आयूर्वेदतर्फ ५ लाख ५० हजार र आर्थिक विकास समितिअन्तर्गत कृषि विकास कार्यक्रमका लागि ८७ लाख ९९ हजार विनियोजन गरिएको छ । एमविविएस अध्यनका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरि विद्यार्थी आफैँले सिक्दै कमाउँदै कार्यक्रम (वाली विज्ञान सञ्चालित विद्यालयमा) ३ लाख विनियोजन गरेको छ । बाल विकास सहयोगी,विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको तलब भत्ताका लागि ५५ लाख,शैक्षिक क्यालेन्डरमा १ लाख,अतिरिक्त क्रियाकलापमा ८ लाख र शेर्पा भाषा र आनिपान पठनपाठनका लागि ३ लाख रुपैयाँ छ । यसैगरि कक्षा–८ का लागि अतिरिक्त कक्षा सञ्चालन गर्न १० लाख,स्मार्ट पि.टी. कार्यक्रम ३ लाख ४० हजार,मैवाखोला मा.वि. नमुना विकास कार्यक्रम तथा प्र.अ.भक्तामा १० लाख र विद्यालय प्रशासन खर्चमा ५ लाख ६० हजार विनियोजन गरेको छ । कक्षा–५ र ८ को वार्षिक परिक्षा गर्न ३ लाख,उत्कृष्ट शिक्षक,विद्यार्थी र विद्यालयलाई पुरस्कारवापत १ लाख रहेको छ । मन्टेश्वरी तालिममा ३ लाख,शिक्षाको रणनीतिक योजना निर्माण गर्न १० लाख,आवश्यकतामा आधारित तालिम गर्न ५ लाख तथा स्थानिय पाठ्यक्रम संशोधन गर्न ५ लाख विनियोजन गरेको छ । शिक्षकहरुको जीवनउपयोगी सिप क्षमता अभिवृद्धि तालिम तेस्रो चरणका लागि १ लाख र कक्षा सञ्चालन सहजकर्तामा २ लाख १२ हजार विनियोजन गरेको छ । विद्यार्थी सहयोग कार्यक्रम गर्न ११ लाख ८८ हजार ३ सय ९० रुपैयाँ,अभिभावक शिक्षा कार्यक्रममा १ लाख र वाल उद्यान निर्माण गर्न ४ लाख विनियोजन गरेको छ । पुशपंछि विकास कार्यक्रमका लागि २२ लाख ५० हजार,सहकारी क्षेत्र विकास कार्यक्रमका लागि ४ लाख,उद्योग,व्यवसाय एवंम उद्यम विकास कार्यक्रमका लागि ४९ लाख रुपैयाँ छ । यसैगरि पर्यटन विकासका लागि ३४ लाख,श्रम तथा रोजगार कार्यक्रमअन्तर्गत अध्यक्ष रोजगार कार्यक्रमका लागि ६० लाख,प्रधानमन्त्री रोजगार कार्यक्रममा ४७ लाख ४८ हजार र पूर्वाधार विकास समितिअन्तर्गत सडक तथा पुल पुलेसा निर्माण तथा मर्मतमा २ करोड ५७ लाख ५० हजार विनियोजन गरेको छ । भवन तथा वस्ती विकासअन्तर्गत ८ करोड ७५ लाख र सूचना संञ्चार र प्रविधिमा २० लाख रहेको छ । वन,वातावरण तथा व्यवस्थापन समितिअन्तर्गत वन तथा जैविक विविधता संरक्षणमा ३ लाख २१ हजार ९ सय रुपैयाँ छ । भु तथा जलाधार व्यवस्थापनअन्तर्गत १ लाख ५० हजार,वातावरण स्वच्छता फोहोरमैला व्यवस्थापनअन्तर्गत ६ लाख र विपद व्यवस्थापन तथा जलवायू अनुकुलन सम्बन्धि कार्यक्रमका लागि १८ लाख रहेको छ । यसैगरि सुसासन तथा संस्थागत विकास समितिअन्तर्गत ७ करोड १० लाख ३८ हजार रकम विनियोजन गरेको छ ।
सिदिङ्वा गाउँपालिकाको बजेट ४२ करोड . सिदिङ्वा गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ४२ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ ।पालिकाको केन्द्र साब्लाखुमा उपाध्यक्ष कृष्ण कुमारी करणीयाले ४२ करोड ६४ लाख १५ हजार ७ सय २० रुपैँया ४० पैसाको बजेट पेश गर्नु भएको हो । जसमध्ये आन्तरिक स्रोतबाट ३४ लाख ९० हजार, संघिय सरकार समानिकरण अनुदान ९ करोड ६९ लाख, प्रदेश समानिकरण अनुदान ५९ लाख ५१ रुपैँया, संघिय सरकार सर्शत अनुदान चालुतर्फ १७ करोड २२ लाख ३४ हजार, सशर्त पुँजिगत अनुदान ४५ लाख आय हुने अनुमान गरिएको छ । त्यस्तै संघिय सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश सरकार समपुरक अनुदान पुँजिगततर्फ ९५ लाख, संघिय र प्रदेश सरकार समपुरक अनुदान ५० लाख ३५ हजार रुपैँया आय हुने अनुमान गरिएको उपाध्यक्ष कणरियाले बताउनुभयो । उक्त बजेटको व्ययतर्फ आर्थिक विकासतर्फ ८१ लाख ७० हजार, सामाजिक विकासतर्फ ३ करोड ४८ लाख ५९ हजार ४ सय, पुर्वाधार विकासतर्फ ७ करोड ६१ लाख हजार ३ सय २० रुपैँया, वन तथा वातावरणतर्फ ५२ लाख २० हजार रुपैँया, सुसासन तथा संस्थागत, १ करो १९ लाख ४० हजार रुपैँया र प्रशासनिकतर्फ ८ करोड ७८ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । ..
मेरिङदेन गाउँपालिकाको बजेट ४० करोड मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट ४० करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङबाङले ४० करोड २० लाख ३० हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा वितिय समानिकरण अनुदान संघीय सरकारतर्फ १० करोड १ लाख, सशर्त अनुदान संघीय सरकार चालुतर्फ १७ करोड ९० लाख,संघीय शसर्त पुँजीगत अनुदान ७४ लाख, संघीय विशेष अनुदान ५० लाख, राजश्व बाँडफाड संघीय विभाज्यकोषमा ७ करोड ९७ लाख रुपैँयमा आय हुने अुनमान गरिएको छ । वित्तिय समानिकरण अुनदान प्रदेशतर्फ ६१ लाख ८६ हजार, सशर्त अनुदान प्रदेशतर्फ ५२ लाख ८३ हजार, प्रदेश सरकार समपुरक अनुदान ९६ लाख सवारी साधन कर बाँडफाड ३३ लाख ६१ हजार, गत आर्थिक वर्षको मौजदात १२ लाख, आन्तरिक स्रोत ५२ लाख रुपैँया आय हुने अनुमान गरिएको छ । उक्त बजेटको व्ययतर्फ सामाजिक विकासका लागि २ करोड ४४ लाख ५० हजार, आर्थिक विकासतर्फ ३५ लाख, पुर्वाधार विकासतर्फ ९ करोड २३ लाख ३६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । त्यस्तै प्रशासनिक, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ करोड ३० लाख ६१ हजार, संघिय शसर्त चालुतर्फ १७ करोड ९० लाख, संघीय शसर्त पुँजीगततर्फ १ करोड २४ लाख, प्रदेश सशर्त चालुतर्फ १७ लाख ८३ हजार, प्रदेश सर्शत पुँजीगततर्फ ३५ लाख, प्रदेश समपुरकतर्फ ९६ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
मिक्वाखोला गाउँपालिकाको बजेट ३७ करोड मिक्वाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ३७ करोड बढीको बजेट गाउँसभामा पेश गरेको छ । सोमबार उपाध्यक्ष डण्डु लामाले ३७ करोड ४७ लाख ३२ हजार रुपैँयाको बजेट गाउँसभामा पेश गर्नु भएको हो । जसमा चालुतर्फ ८ करोड ५२ लाख ८९ हजार, सशर्त अनुदानतर्पm १३ करोड ५६ लाख ७४ हजार रुपैँया रहेको छ । त्यस्तै पुँजीगततर्फ ८ करोड ६६ लाख १८ हजार, विशेष अनुदान २ करोड ९० लाख, समपुरक अनुदान २ करोड ३० लाख रुपैँया र आन्तरिक आय ३८ लाख रुपैँया हुने अनुमान गरिएको उपाध्यक्ष लामाले बताउनुभयो ।
Saturday, May 29, 2021
प्रचार-प्रसार हुन नसकेको एउटा सुन्दर झरना
"माङ्ग छाँगा" अर्थात "देव झरना"… ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँ-पालिका वडा नम्बर - ४ मा रहेको यो सुन्दर झरनालाई स्थानियहरुले "माङ्ग छाँगा" नामले चिन्ने गर्दछन । लिम्बु भाषामा राखिएको नाम माङ्ग छाँगा यसको नेपाली भाषामा "देव झरना" भन्ने अर्थ लाग्छ ।
करिब ३०० मिटरको उचाईबाट झर्ने माङ्ग छाँगाको नाम किवदन्ती र कथामामा पनि जोडिन्छ । कथाबाजेहरुको अनुसार कुनै समय यहि झरनाको पानीमा देवी देउताहरूले स्नान गर्दथे त्यहि समयदेखी यो झरनाको नाम देव झरना रहिआएको भन्ने भनाई छ । पछिल्लो समययता सामाजिक संजालहरुमा झरनाको तस्विर सार्वजनिक भए संगै सोहि गाउँ-पालिकाको चालु आर्थिक बजेटबाट झरना सम्म पुग्ने पैदल मार्ग निर्माग भएको छ यती सुन्दर झरना आजसम्म गुमनाम रहनुको मुख्य कारण प्रचार-प्रसारकै कमि हो ।
झरनाको स्थलसम्म पैदल मार्ग पुगेपछी अहिले दैनिक रुपमा झरना अवलोकन गर्नेहरुको आवत-जावत भैरहेको देखिन्छ फक्ताङ्गलुङ गाउँ-पालिकाको गुरु योजना अन्तर्गत झरनासम्म चाडैं मोटर बाटो पुर्याउने बताईएको छ ।
______________________________________________
टिप्पणी :-
माङ छाँगा होइन माङ्ग वधाम हो । लिम्बु भाषा र व्याकरणलाई हेर्दा "छाँगा" कुनै शब्द सम्बन्धित नभएको हुँदा यसको उचित अर्थ लाग्ने शब्द वाधाम हो , माङ्ग छाँगालाई उचित अर्थमा ल्याउन माङ्ग वधाम बनाएर प्रचार-प्रसारमा ल्याउनुपर्छ ।
_________________________________________________
सामग्री संग सम्बन्धीत तपाई संग भएको विचारहरु तलको कमेन्ट बक्समा राख्नु होला ।
Tuesday, December 10, 2019
ओझेलमा परेका पर्यटकीय स्थलहरु प्रचारप्रसार गर्दै फाक्ताङलुङ ४ तापलेजुङमा चासोक तङनाम मेला लाग्ने भएको छ
Saturday, August 10, 2019
मुन्धुममा हजारे ओडारको एक चर्चा
हजारे ओडार
- लच्छा चुम
प्रकृती आफैमा एक अध्यनको विषय हो त्यसपछि उसको वनावट आकार प्रकारहरु गम्भीर कौतुहलता अनि चिन्तनको विषय हो , मान्छेलाई हरेक कुराको एकदिन मात लाग्छ सायद त्यसैले होला अचेल मान्छेहरु शहर बजारको कृतिम सुन्दरताहरुमा भन्दा बिकट गाउँ बस्ती अनि हिमाल पहाड पर्वतहरुको अनुपमतामा रमाउन चाहान्छन , जहाँ स्वच्छ हावापानी अनि शान्त वातावरण छ जहाँ मान्छेहरुको त्यती आवतजावत हुदैन त्यस्तै ठाउँहरु अचेल बढी चासोको विषय बन्दै जादैछ , विज्ञानले सबै कुराको पत्ता लगाईसक्यो आफ्नो आविष्कारहरु पनि सबै सामु पुर्याईसक्यो तर विज्ञान अझै सन्तुष्ट भने छैन उसको खोज अनुसंधानको यात्रा अझै धेरै लामो छ यतीसम्म कि उसको खोज अनुसन्धानको मापन हामी कसै संग पनि छैन , यसरी नै मुन्धुम र मुन्धुमी दर्शनहरुको आसय र विश्लेषणहरु पनि एक छुट्टै विचारमा विश्वासले महसुस गरेर बुझ्नुपर्ने एक अध्यन हो , विज्ञानले जस्तै मुन्धुम/शास्त्रहरुले पनि विश्व ब्रमाण्ड देखी प्रकृती सबैको छुट्टै किसिमले आफ्नै शैलीमा व्याख्या गरिल्याएको छ , सरल भाषामा लिने हो भने विज्ञान भन्दा मुन्धुम/शास्त्रहरु जेठो हुन् मुन्धुम/शास्त्रले ओकल्छ तर विज्ञानले प्रमाणित गर्छ त्यसैले विश्वमा विज्ञान अघि बढ्न सफल भयो ।
हजारे ओडार (हेन्छीङ फुक्को)
मुन्धुम प्रेमीहरुको लागि हजारे ओडार एक ऐतिहासिक ओडार हो , हजारे ओडार सम्बन्धी कैयौं किवदन्ती र मुन्धुमी किस्साहरु भेटिन्छ सायद त्यसैले होला हजारे ओडार मुन्धुमप्रेमी सबै संग परिचित छ , अपभ्रंशित हजारे ओडारको वास्तविक लिम्बु भाषाको मौलिक नाम “हेन्छिङ फुक्को” हो , “हेन्छीङ” भन्नाले लिम्बु भाषामा हजार भन्ने अर्थ लाग्छ , त्यस्तै “फुक्को/फुक्कु” भन्नाले ओडार हो यसरी नै हेन्छीङ फुक्को कालान्तरमा नेपाली भाषामा अनुवाद हुदाँ हजारे ओडार हुन् पुग्यो , ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्सा गाउँदेखी करिब ३ घण्टाको पैदल बाटो हिडेर पुगिने हजारे ओडार कंचनजंघा तथा फक्ताङलुङ हिमाल जाने बाटैमा पर्छ , जनविश्वास अनुसार ओडारको ढुङ्गा कुम्भकर्ण हिमालबाट उछिटिएर आएर बसेको भन्ने कसैले बताउछन भने कसै कसैको अनुसार ओडार भित्र हजारजनाको ज्यान गएको हुनाले यसलाई हजारे ओडार भनियो , त्यस्तै किरात धर्मावलम्बीहरुको मान्यता अनि विश्वास अनुसार तत्कालिन महागुरु फाल्गुनन्दले वि.सं. १९९५ सालमा पहिलो पटक फक्ताङलुङ हिमाल यात्रा गर्दा आफ्ना हजारौ चेलाभुलाहरु संग सोहि ओडारमा बास बसेका थिए त्यसै समयदेखी ओडारको नाम हजारे अथवा हेन्छीङ फुक्को रहन गयो , ओडारको उत्तर छेउ दिशामा धुपबत्ती चढाउने सानो थान पनि बनाईएको छ धर्मावलम्बीहरुको विश्वास अनुसार त्यो थानको मूल ढुंगा अथवा मुचोत्लुङ महागुरु स्वयंले राखेका थिए त्यो शिला अझैसम्म यथावत नै देख्न सकिन्छ महागुरुको संदेश अनुसार फक्ताङलुङ दर्शनमा जादाँ पहिले हजारे ओडारमा सानो सेवा लगाएर गए मात्र शुभ हुने भनाइ छ सोहि संदेश अनुसार किरात धर्मावलम्बीहरु फक्ताङलुङ तिर्थ जादा सबैले अनिवार्य त्यहाँ पुजा गरेर मात्रै जाने गर्छन यो प्रचलन सबै किरात धर्मावलम्बीहरुले आजसम्म पालना गरिल्याएका छन , आजसम्म यो ओडार त्यती सुरक्षित त पक्कै देखिदैन तर आगामी दिनमा यहाँ पनि एउटा धर्मशाला बन्ने तयारी रहेको कुरा घुन्सा निवासी उटुक लामा ज्युले हामीलाई जानकारी दिनु भयो त्यसपछि फक्ताङलुङ यात्रा गर्न अझ सहज हुने विश्वास गरिएको छ ।
Friday, April 19, 2019
लिम्बु जातिको ऐतिहासिक मुन्धुमी स्थल का:ई लुङधुङ संरक्षणको अभावमा गुमनाम
Tuesday, April 2, 2019
जग्गाको विषयलाई लिएर युमा र किराँत धर्म विच विवाद परेको खाम्पूलिङ माङहिम अन्तत विवाद साम्य हुदैँ मन्दिर पुन निर्माणको पक्षमा कार्य अघी बढ्दै.......
निर्माण समितीका अध्यक्ष
मन्दिर निर्माण कार्य योजना अनुमानित बजेट भन्दा बढी लागत लाग्ने भएको हुदा देश विदेशमा रहनु हुने सम्पूर्ण किराँत धर्मावलम्बी महानुभाव ज्युहरु तथा सम्बन्धित संस्थाहरुमा सहयोगको अपेक्षा राख्दछौं
सम्पर्क :- +९७७ - ९८१७९८९१९७
Friday, June 9, 2017
ईतिहासविद ईमानसिङ चेम्जोङ कै गुरु लालसोर सेन्दाङ
पिता अवतारी बागदल सेन्दाङ लिम्बु र माता फिपरानी लिम्बु सेन्दाङको कोखबाट वि.स.१९०० माघ २ गते लालसोर सेन्दाङको जन्म भएको थियो ।
उनि ताप्लेजुङ छेन्ताङ मेहेले हाल फुलबारी गा बि स मा जन्मेका हुन । वाल्यावस्था देखिनै आफ्ना पिताबाट सेन्दाङले धेरै ज्ञानगुणका कुराहरु सिके १४/१५ वर्षको उमेरमा त उनि किरात भाषा, लिपि र सस्कृति बारे ज्ञाता बनिसकेको थिए । त्यसबेला नेपालमा निरंकुस जहानिया राणाशासनले गर्दा लिम्बु भाषा लिपिको अध्यन र प्रचार प्रसार गर्न पूर्ण प्रतिबन्ध थियो । उनि कहिले सिस्नोको छालाबाट बनेको भाङ्ग्रे कपडा लगाएर साधु भेषमा बसेको पाईन्थ्यो त कुनै बेला नांगै बस्ने गर्दथे । यस्तो पहिरन बाट ‘’भाङ्गग्रे साधु’’ वा ‘’नाङ्गे साधु’’ नामले परिचित सेन्दाङले साथमा खुकुरी भने कहिल्यै छाड्दैनथ्यो । भेष भुषा र चाल चलनमा पुरै साधु सन्त भएर पनि आफ्नो भाषा,लिपिपको प्रचार प्रसार गर्न उनलाई कठिन हुदै गयो । त्यसैले बिभिन्न ओडारमा लुकेर आफ्ना चेला भुलाहरुलाई शिक्षा दिक्षा दिने कार्य गर्दथे । वि.स.१९७३ सालमा उनले किरात लिपि र भाषा तयार पारेको २० पृष्ठको पाण्डुलिपि ‘’सिवाखाहुन’’ अप्रकाशित पुस्तक पाइएको छ साथै अन्य थप पुस्तकहरू पनि रहेको विश्वास गरिएको छ । लालसोर सेन्दाङको यस्तो जातीय चेतनामुखी कार्य राणाहरुले पटकै मन पराएको थिएन । उनि लिम्बुवानमा पहिलो खोजीको व्याक्ति बनिसकेको थियो । अर्कोतिर अवतारी पिताको मृत्यु सस्कारमा ‘’राजकीय सम्मान गरेको’’ आरोपले उनलाई राणाहरुबाट बच्न झनै गाह्रो पर्यो । अन्तत : चलाख सेन्दाङ आफ्नो चेला भुला र सम्पूर्ण दस्तावेजहरु लिएर फालेलुङ हुदै सिक्किम तर्फ छिरिहाले उता पश्चिम सिक्किमको ‘’दरम्देन’’भन्ने ठाउमा सानो कुटी नाबाएर आफ्नो कार्यलाई निरन्तरता दीईरहे । सो समयमा कालिम्पोङको युवा ईमानसिङ चेम्जोङले भेटेर उनलाई गुरु थापे । यो कुरा विद्वान पी.एस.मुरीङलाले आफ्नो लेखमा उल्लेख गरेका छन् । यसरि आजीवन भाषा,लिपि प्रचारक बनेको सेन्दाङ जीवनको अन्तिम घडीमा आफ्नो छोरीको घर ‘’आसाम’’ तिर लागे र उतै ८६ वर्षको उमेरमा उनको चोला उठ्यो ।
अन्त्यमा उनि ‘’सिरिजङगा सीङथेबे’’र ईतिहासकार ‘’ईमानसिङ चेम्जोङको’’ बिचमा महान किरात पुलको रुपमा रहेकोले किरात भाषा,लिपि ,साहित्य र सस्कृति जस्ता महान सम्पतिहरु लोप हुन बाट बचेको छ । त्यसैले उनलाई सदा सर्वदा चम्किरहने एक उज्वल नक्षत्रको रुपमा मानिन्छ ।
लालसोर सेन्दाङका नौ वटा अनौठा गुणहरु
* लालसोरले सेन्दाङले सिस्नोबाट बुनेको भाङ्ग्रो मात्रै लगाउथे ।
* उनी आफ्नो थरका सट्टा "किराँत" मात्रै लेख्दथे । त्यस्तै कुनै ठाउँ उस्ले सेन्दाङको सट्टा सेन मात्रै लेख्ने गरेको उनले लेखेको शिलालेख र पाण्डुलिपि कागजहरुमा भेटिन्छ ।
* भाङ्ग्रोको डोरीले बाधेको काठको दावमा खुकुरी र कर्द राखेको कम्मरमा जहिल्यै पनि भिरेको हुन्थ्यो ।
* उनी कहिले पनि खालिहात चुप लागेर बस्दैन थिए , लेख्ने पढ्ने वा डोको नाम्लो जस्ता घरेलु प्रयोगमा आवश्यक सामग्रीहरु बुन्ने गर्दथे । गाउँमा घुम्दा बुनेका त्यस्ता वस्तुहरु गाउँलेहरुलाई बाड्ने गर्दथे ।
* लालसोर चैनपुर बाट माटोको भाडाहरु लिएर घर फर्कदै थिए , कति राम्रा भाडाहरु भन्ने बाटामा हिड्ने मानिसहरूलाई एक-एक भाडा दिदै घर आईपुग्दा एउटा सानो फुजिक मात्रै रहेको थियोे । किन सबै अरुलाई बाडेको भन्दा उनले यसो भने :- लोभ गर्नु हुदैन लोभीलाई दिनुपर्छ त्यो मात्रै एक धर्म हो । माग्नेलाई दिईएन भने उस्ले चोर्न थल्छ । कति राम्रो भन्नु नै उस्मा लोभ जन्मनु हो । यसबाट पछि ठुल-ठुला घटनाहरु घट्न जान्छ ।
* तमोर नदि नाघ्न नहुने उनको विश्वास थियो , तान्त्रिक शक्तीले हावामा रुपधारण भै नदि तर्ने गर्दथे ।
* उनि जहिल्यै पनि चेलाहरुको पछि मात्र हिड्दथे खोलाको मुख आईपुग्दा आफुहरु भन्दा पछाडी हिडेको लालसोर पुलपारी हिडिरहेको देखेर सबै आश्चर्य हुन्थे ।
* उनले तान्त्रिक मन्त्रद्वारा जोडी विजोडी अंक कोरेर अंक बाट भविष्यवाणी गर्दथे ।
* उनि बर र पिपल संगै रोप्दा महापाप हुने तर्क राख्दथे । बर भनेको महादेव र पिपल चाही बोक्सी राक्षसको रुप हो भन्ने गर्दथे ।
लालसोरले आफ्नो पिता वागदलले जस्तै मठमन्दिर निर्माण तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिएका थिए । उनले बाटो खन्ने र वृक्षरोपण गर्ने जस्ता थुप्रै कामहरु पनि गरेका थिए । फुलबारी ८ मेहेले ताप्लेजुङमा उनको घरको भग्नावशेस अझै देख्न सकिन्छ । (रामगुवा) भनेर चिनिने भग्नावसेस घर भको ठाउँमा चिउरीको पातलो पात भको जस्तो एउटा अनौठो वृक्ष छ । त्यो वृक्षमा चोट लाग्दा रगत जस्तै रातो चोप आउछ । अचम्म कुरा त्यो जातको वृक्ष अहिलेसम्म सम्म कतै देखा परेको छैन ।
Thursday, June 8, 2017
कुमार लिङदेन"मिराक''को पर्चश्व बढ्दै,अशोक राई,बाबुराम भटराई र खगेन्द्र माखिम पतासाफ हुंदै,उपेन्द्र यादव मधेसमा छँदै छ
- महेन्द्र लिम्बु "दोहा कतार"
वि.स.२०६२/६३ को जन आन्दोलन पश्चात स्थापित भएका दुई नेताका नाम हुन उपेन्द्र यादव र कुमार लिङदेन।वि.स.२०६३ साल माघ १ गते अन्तरिम सम्बिधान जारी हुंदा संघीयता शब्द नराखिए पछि उपेन्द्र यादवले मधेसमा आन्दोलन छेड्यो।जून आन्दोलनले २४ दिन पछि गिरिजा प्रसाद कोइरालले सँघीय प्रणालीमा जाने उदघोस गर्नु भयो भने लिम्बुवानमा कुमार लिङदेन नेतृत्वमा पहिचान सहितको सँघियता र समानुपातिक प्रणालीको लागि आंदोलन छेड्यो।जून आन्दोलनले २०६४ फाल्गुन १८ गते र चैत ०६ गते नेपाल सरकार र लिम्बुवान बीच ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान हुने र समानुपातिक प्रणालीमा निर्वाचन हुने सम्झौता भयो।अहिलेको राजनीतिक घटनाक्रमहरु यही एजेण्डा वरिपरि नै राजनीतिक दलहरु घुमिरहेका छन।
उपेन्द्र यादवको आन्दोलनको मुख्य एजेण्डा संघीयताको नाममा मधेस एक प्रदेस थियो।यो मधेस एक प्रदेसको नाराले लिम्बुवान र थारूहटको पहिचान लाई सिधै अपहरण गरेको थियो।तर लिम्बुवान र थारूहटले निरन्तर पहिचानको लागि आन्दोलन गर्यो।यही लिम्बुवान र थारुहटको आन्दोलनले गर्दा उपेन्द्र यादव आफ्नो मधेस एक प्रदेसको एजेण्डा बाट पछि हट्यो तर भित्री रुपमा अझै उपेन्द्र यादवले मधेस एक प्रदेस नै चाहान्छ।त्यसैले अहिले सम्म थारुहट राजनीतिक दल र पहिचान जनित संघ सस्थाहरुले उपेन्द्र यादव लाई विश्वास गरेको अवस्था छैन।त्यसैले लिम्बुवान र थारुहट राजनीतिक दलहरुले मोर्चा बन्दी बाहेको पार्टी एकता कहिले गरेनन।नेपाली जनता लाई राम्ररी थाहा छ नेपालको हकमा पहिचान सहितको संघीयता सबै भन्दा उत्तम प्रणाली हो तर जनता लाई यो पनि थाहा छ कि मधेस एक प्रदेस सबै भन्दा खतरा हुन्छ भनेर।
करिब डेढ वर्ष पहिले उपेन्द्र यादव र अशोक राईले विधिवत रुपले पार्टी एकता गरेको थियो।एकता पछि ठुला ठुला मधेस आन्दोलनहरु भए।सयौ जनता घाइते भए,सयौ घर परिवार विस्थापित भए भने ६० जना भन्दा बढी निर्दोष मधेसीहरुको राज्य बाट हत्या भयो।यसरी मधेसमा आन्दोलन गरी रहँदा,क्रुर सरकारले मानिसहरू लाई मारी रहँदा अशोक राईले एकपटक पनि आफ्नो क्षेत्र खोटांग भोजपुरमा आन्दोलनको घोषणा गर्नु भएन।राजेन्द्र श्रेष्ठले काठमाण्डौमा कुनै कार्यक्रमहरु गर्नु सकेन।आङकाजी शेर्पाले आफ्नो क्षेत्र सोलुखुम्बुमा एकपटक पनि आन्दोलन गर्नु सकेन।यी नेताहरुले आन्दोलनको बारेमा एक पटक जनता लाई सुनाउमने काम गरेनन।उपेन्द्र यादव मधेस बाहेक अरु क्षेत्रमा आन्दोलन नै गर्नु चाहाँदैन थियो।अशोक राई,राजेन्द्र श्रेष्ठ,आङकाजी शेर्पा उपेन्द्रको पछि पछि हिड्दै ठीक भयो।आफ्नो क्षेत्र छोडेर मशेस एक प्रदेसको लागि मात्र आन्दोलन गर्ने नेताहरु लाई पहिलो स्थानीय तहको चुनावमा देखाई दिए।राजेन्द्र श्रेष्ठ आफ्नो क्षेत्रमा पतासाफ भइ सक्यो।उपेन्द्रको पछि कुद्ने बाबुराम भटराई आफ्नै क्षेत्रमा पतासफ भइ सक्यो।अब अशोक राई,आङकाजी शेर्पा र खगेन्द्र माखिम पतासफ हुंदै छन।
मित्रहरु यसरी मधेसमा आन्दोलन भइ रहँदा,राज्यले दमन गरी रहँदा लिम्बुवानका सह अस्तित्ववादी एवँ पहिचानवादि नेता कुमार लिङदेन ले मधेसवादी दल सँग मोर्चा बन्दी गरेर हिमाल पहाड तराई पूर्व पश्चिम एकै पटक आन्दोलन गर्ने योजना बनाउनु भयो।कुमार लिङदेनको मक्सद १०+१ प्रान्त जसरी स्थापित गर्ने र उपेन्द्र यादव लाई १०+१ प्रान्त स्वीकार गर्न लगाउनु थियो।लिम्बुवान देखि खसान सम्म थारुहट मधेस देखि काठमाण्डौ सम्म आन्दोलन पनि भए।आन्दोलन चरम उत्कर्षमा पुगिरहेको थियो।तर उपेन्द्र यादवले बीचमा आन्दोलन छोड्नु भयो।उपेन्द्र यादवले बीचैमा आन्दोलन छोड्नु भनेको १०+१ प्रान्त अस्वीकर गर्नु हो।
यसरी मोर्चाको आन्दोलन तुहिँदै थियो भने लिम्बुवानमा स्वघोषित अध्यक्ष बनेका खगेन्द्र माखिम आफ्नो पद सम्हालेको १५ दिन पनि नपुग्दै आफ्नो टिम लिएर फोरममा विलय हुनु भयो।खगेन्द्र माखिमले पहिले देखि नै लिम्बुवान आन्दोलन र मोर्चाको आम्दोलन लाई असहयोग गर्दै आएको थियो।उता उपेन्द्र यादवले आंदोलन छोड्नु र खगेन्द्र माखिम हतार हतार उपेन्द्र सँग हात मिलाउनु ले यी दुवै नेता १०+१ प्रान्त विरोधी नै हुन।लिम्बुवानी जनताले राम्ररी बुझी सकेका छन।अब संघीय समाजवादी फोरम लिम्बुवान बाट पतासफ हुन्छ।कुमार लिङदेन ले अगाडि सारेको १०+१ प्रान्त नै वैज्ञानिक भएकोले जनताले मञ्च लाई घर चिन्हमा मतदान गर्छँन भन्नेमा कुनै सँका छैन,जय लिम्बुवान जय संघीय नेपाल।
सुनौलो बिहानी
http://sunaulobihanee.blogspot.my/2017/06/blog-post_48.html?m=1