- महेन्द्र लिम्बु
लोकतन्त्रको सुन्दर पक्ष चुनाव हो तर अनिवार्य चुनावमा भाग लिनु पर्छ भन्ने होइन।यदि देश र जनताको हकहित विपरीत चुनाव भैरहेको छ भने त्यो चुनाव लाई बहिस्कार गर्ने अधिकार पनि लोकतन्त्रमा छ।संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्च लोकतन्त्रको विश्वास गर्ने पार्टी हो।दोस्रो सम्बिधान सभाको चुनाव प्रतिगामी उन्मुख चुनाव थियो।त्यसैले मञ्चले चुनाव लाई बहिस्कार गरेको थियो।मञ्चले आफ्नो बलबुदाले भ्याए सम्म ससक्त प्रतिकार गर्यो तर चुनाव रोक्न असफल भयो।यदि चुनाव रोक्नु सकेको भए त्यति नै बेला १०+१ प्रान्त स्थापित हुने थियो।सबै जनताले सम्बिधान लाई अपनत्व लिन्थे।सबै आन्दोलनहरु रोकिन्थे मधेसमा यति धेरै मान्छे मर्ने थिएन।यति खेर सम्बिधान कार्यन्वन भइ सक्थ्यो।देश विकास र समृदि तिर उन्मुख भइ सकेको हुने थियो।
प्रतिगामी सम्बिधान सभाको चुनाव लाई रोक्नु असफल भए पछि पार्टी(मञ्च)र नेतृत्व माथि केही नेताले असन्तुष्ट जाहेर गर्न थाले।कुनै पनि पार्टीको योजना असफल हुंदा त्यो दोष नेतृत्व माथि नै जान्छ।यो सबै पार्टीमा लागू हुन्छ र स्वाभाविक पनि हो।त्यस पछि पार्टी लाई बलियो बनाउन पांच पार्टीको एकता भयो।तर फेरि पनि नेतृत्व माथि असन्तुष्ट समुह बाट आरोपहरु बन्द भएन।पार्टी भित्र आरोप प्रति आरोप चलिरन्दा पार्टी भित्र वाहिय शक्ति पनि प्रवेस भयो र पार्टी तहस नहस भयो।हुन त पार्टी तहस नहस हुनु अरु थुप्रै कारण छन तर एउटा कारण यो पनि हो।केही नेताहरु निस्कृय भए भने जनता अन्योलमा छन।केही नेता विलय भएर गइ सके,केही नेता विलय हुने क्रममा छन।
यस्तो जटिल मोडमा आई पुग्दा संघीय लोकतन्त्रिक राष्ट्रिय मञ्चले डाइनामिक डिसिजन लिनु सक्नु पर्छ।मञ्च लाई बलियो बनाउन,तल्लो तहको नेताकार्यकार्ता र जनतामा पार्टी प्रति आन्योल हुन नदिन,विभिन्न वाहिय शक्ति मञ्चमा खेल्नु नदिन र मञ्च लाई फेरि चिरा चिरा हुन बाट बचाउन एक पटक जनता सामु जानै पर्छ।जनताकोमा जाने माध्यम भनेको चुनाव नै हो।हामी लाई राम्ररी थाहा छ चुनाव बाट लिम्बुवान स्थापित गर्नु फलामको च्यूरा चपाउनु सोसरह हो।तर यस पटक पार्टी पहिलो प्राथमिकता दिनै पर्छ।पार्टी मर्यो भने त लिम्बुवान कसरी स्थापित गर्न सकिन्छ?त्यसो भएको हुनाले पार्टी लाई बलियो बनाउँदै लग्नु पर्दछ।जनता दिन प्रति दिन पहिचान र लोकतन्त्र प्रति जागृत हुने क्रम जारी छ।निकट भबिस्य मै मञ्च लिम्बुवानको पहिलो शक्ति बन्ने छ।
चुनाव बहिस्कार गर्ने नै हो भने त धमाका चाहिन्छ।त्यो धमाका भनेको बन्दुकको नाल बाट मात्र निस्किन्छ।निरंकुस राजतन्त्र हटि सकेको र गणतन्त्र आई सकेको अवस्थामा छ।जनताले चाहे जस्तो अधिकार लागू नभए पनि केही न केही अधिकार त प्रदेस र स्थानीय तहमा पुग्दै छ।यसलाई हामीले नकार्न सक्दैनौ।यस्तो अवस्थामा हामीले बन्दुक उठाउन गाह्रो हुन्छ।माओवादीले बन्दुक उठाएको जस्तो अब सजिलो छैन किनभने त्यतिखेर राजतन्त्र थियो।त्यसो भएको हुनाले अब पार्टी लाई बलियो बनाउने तिर लागौ,पार्टी लाई बचाउने तिर लागौ।पार्टी बांच्यो भने त भोलि पनि लिम्बुवान स्थापित गर्नु सजिलो हुन्छ।
मित्रहरु म एउटा लिम्बुवान शुभचिन्तक मात्र हुं।एउटा लिम्बुवान शुभचिन्तकले राखेको कुराहरु पार्टीले आत्मासाथ गर्नु पर्छ भन्ने छैन।लोकतन्त्रमा छलफलको स्वतन्त्रता छ तर अन्तिममा पार्टीको निर्णय नै अन्तिम निर्णय हुने छ।
जय लिम्बुवान।
No comments:
Post a Comment