नाकसम्बन्धी समस्या कसरी आउन सक्छन् ?
नाक सम्बन्धी समस्या एउटा कारणले मात्र हुँदैन । यो समस्या उमेरका कारण पनि हुनसक्छ । बच्चाको समस्या र ठुलाको समस्या फरक हुनसक्छ । बच्चाले आफ्नो स्वास्थ्यमा ध्यान दिएका हुँदैनन् । आफ्नो नाकमा फरेन बडी (बाहिरी वस्तु) हालेर आउने, केही खेलाई राखेका चिजहरु हालेर आउने समस्या अधिक मात्रामा रहेको छ ।
युवाहरुमा एलर्जीका समस्या, नाक बन्द हुने समस्या, नाकमा मासु पलाउने समस्या धेरै छन् । त्यो भन्दा माथिको उमेरमा भने नाकबाट रगतहरु बग्ने, नाकमा मासु पलाएपछि हुने क्यान्सरका समस्या पनि हुनसक्छन् ।
नाक बन्द हुने समस्या के हो ?
खासमा नाक बन्द धेरै कारणबाट हुन सक्छन् । नाकको अगाडीको भागमा केही कुरा अड्कियो, केही कुरा रह्यो भने पनि नाक बन्द हुनसक्छ । तपाईँको नाकको हड्डी बाङ्गो छ भने पनि नाक बन्द हुनसक्छ । नाकमा मासु बढेको, नयाँ मासु पलाएको अवस्थामा पनि नाक बन्द हुनसक्छ ।
अहिले त प्रदुषणको पनि समस्या छ, यसले नाकमा कस्तो असर गर्छ ?
प्रदुषणका कारण नाकमा प्रसस्त असर गर्न सक्छ । यसमा म केही रिफ्लेक्सको कुरा गर्छु । प्रदुषणबाट नाकमा पर्ने असरलाई न्याजो पल्मोनरी रिफ्लेक्स हामीले भन्छौँ, हुन त यो ‘मेडिकल टर्म्स’ हो । प्रदुषणले कहिलेकाँही नाक जाम हुने, त्यसले गर्दा भित्री फोक्सोसम्म असर पुगेर त्यो रिफ्लेक्ट एक्टिभेट भएर श्वास प्रश्वाससम्म समस्या आउने गर्छ ।
नाकमा मासु पलाउने कारण चै के हुन् ?
नाकमा मासु पलाउने भनेको बिशेषगरी दुई भागमा विभाजन गर्नसक्छौँ । मासु पलाउने समस्यालाई चाहीँ हामी ‘न्याजलपलिप’ भनेर बुझ्छौँ । यो अबस्था भनेको क्यान्सरको अबस्था हैन तर यसलाई एक ट्युमरको हिसावले बुझ्न सकिन्छ । यस्तो अबस्थामा हामीले पोलीपोईडल्ट इश्यु भन्छौँ । यसमा उपचार सम्भव हुन्छ । अर्को भनेको ‘म्यानिमेन्ट इस्युज’ हो । यो अवस्थालाई नाकमा मासु पलाएको छ तर त्यो क्यान्सरको अवस्थामा पुगिसकेको बुझ्न सक्छौँ ।
नाक चिलाउने, धेरै हाछ्युँ आउने समस्या कस्तो खालको हो ?
नाक चिलाउने, हाछ्यु आइरहने समस्यासँगै तालु चिलाउने, कान चिलाउने लगायतका सबै समस्या ‘एलर्जीकफेनमेना’सँग सम्बन्धित छ । बिशेषगरी यो तोरी फुल्ने समयमा धेरै भएको पाउँछौँ । यसलाई हामी सिजनल र पेरिनियल भनेर क्लासिफाई गर्छौँ । मेडिकलको भाषामा हामीले यसलाई एलर्जीक राइनाइटिक्स भनेर भन्ने गर्छौँ । नाक चिलाउने, हाछ्युँ आइरहने भनेको यही रोगसँग सम्बन्धित समस्या हो ।
यस्ता समस्याको घरेलु उपचार केही छन् ?
हामीले भन्दै आउने र दिने सुझाव भनेको धुलोबाट बच्नुस् भनेर भन्दै आएका हुन्छौँ । धुलोसँगै, धुवाँ र चिसोबाट पनि यस्ता समस्याका बिरामी बच्नु पर्ने हुन्छ । एलर्जीको मुख्य कारक तत्व भनेको धुलो, धुवाँ र चिसोको वरिपरि घुम्ने गरेको हुन्छ । विरामीले धुवाँ, धुलो र चिसोबाट बच्ने काम गर्नु पर्यो ।
नाथ्री फुट्ने समस्या के हो, अनी यो गर्मीको समस्या होकी जाडोको हो ?
बिशेषगरी यसलाई ‘क्रोमोबायोलोजी’ भन्ने टर्म्स हामीले प्रयोग गर्छौँ । त्यसो हुँदा क्रोेमोबायोलोजीको कुरा पहिला बुझ्नु पर्ने हुन्छ । हामी जाडोमा बढी नाथ्री फुट्ने समस्या हुन्छ भन्छौँ । यो समस्या गर्मीको भन्दा जाडोमा बढी हुने गर्छ ।
स्वस्थ रहन नाकको सुरक्षा गर्ने उपाय के के छन् ?
गर्मी समयमा हामी पंखामा बढी बस्ने गछौँ, त्यसले नाक बन्द गराउँ छ । गर्मीमा नै बढी धुलो हुन्छ । धुवाँ धुलो भनेको हाम्रो जीवनको दैनिकी जस्तै भइसक्यो । जहाँ पनि यसको असर देखिन्छ । यस्तो अबस्थामा बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने । नाकमा मासु बढेको जस्तो आफूलाई लागेको छ भने नजिकैको चिकित्सकलाई गएर भेट्ने, जस्तो की, काठमिलमा काम गर्ने, सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने मानिस पनि हुनुहुन्छ भने यस्ता अबस्थामा हामी अकुपेश्नल एक्पोजर पनि हामी भन्नेगर्छौँ । अकुपेश्नल कुरासँग सम्बन्धित व्यक्तिहरुले आफ्नो स्वास्थ्य बारे बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
No comments:
Post a Comment