Friday, June 9, 2017

ईतिहासविद ईमानसिङ चेम्जोङ कै गुरु लालसोर सेन्दाङ








पिता अवतारी बागदल सेन्दाङ लिम्बु र माता फिपरानी लिम्बु सेन्दाङको कोखबाट वि.स.१९०० माघ २ गते लालसोर सेन्दाङको जन्म भएको थियो । 

उनि ताप्लेजुङ छेन्ताङ मेहेले हाल फुलबारी गा बि स मा जन्मेका हुन । वाल्यावस्था देखिनै आफ्ना पिताबाट सेन्दाङले धेरै ज्ञानगुणका कुराहरु सिके १४/१५ वर्षको उमेरमा त उनि किरात भाषा, लिपि र सस्कृति बारे ज्ञाता बनिसकेको थिए । त्यसबेला नेपालमा निरंकुस जहानिया राणाशासनले गर्दा लिम्बु भाषा लिपिको अध्यन र प्रचार प्रसार गर्न पूर्ण प्रतिबन्ध थियो । उनि कहिले सिस्नोको छालाबाट बनेको भाङ्ग्रे कपडा लगाएर साधु भेषमा बसेको पाईन्थ्यो त कुनै बेला नांगै बस्ने गर्दथे ।  यस्तो पहिरन बाट ‘’भाङ्गग्रे साधु’’ वा ‘’नाङ्गे साधु’’ नामले परिचित सेन्दाङले साथमा खुकुरी भने कहिल्यै छाड्दैनथ्यो । भेष भुषा र चाल चलनमा पुरै साधु सन्त भएर पनि आफ्नो भाषा,लिपिपको प्रचार प्रसार गर्न उनलाई कठिन हुदै गयो । त्यसैले बिभिन्न ओडारमा लुकेर आफ्ना चेला भुलाहरुलाई शिक्षा दिक्षा दिने कार्य गर्दथे । वि.स.१९७३ सालमा उनले किरात लिपि र भाषा तयार पारेको २० पृष्ठको पाण्डुलिपि ‘’सिवाखाहुन’’ अप्रकाशित पुस्तक पाइएको छ  साथै अन्य थप पुस्तकहरू पनि रहेको विश्वास गरिएको छ । लालसोर सेन्दाङको यस्तो जातीय चेतनामुखी कार्य राणाहरुले पटकै मन पराएको थिएन । उनि लिम्बुवानमा पहिलो खोजीको व्याक्ति बनिसकेको थियो । अर्कोतिर अवतारी पिताको मृत्यु सस्कारमा ‘’राजकीय सम्मान गरेको’’ आरोपले उनलाई राणाहरुबाट बच्न झनै गाह्रो पर्यो । अन्तत : चलाख सेन्दाङ आफ्नो चेला भुला र सम्पूर्ण दस्तावेजहरु लिएर फालेलुङ हुदै सिक्किम तर्फ छिरिहाले उता पश्चिम सिक्किमको ‘’दरम्देन’’भन्ने ठाउमा सानो कुटी नाबाएर आफ्नो कार्यलाई निरन्तरता दीईरहे । सो समयमा कालिम्पोङको युवा ईमानसिङ चेम्जोङले भेटेर उनलाई गुरु थापे । यो कुरा विद्वान पी.एस.मुरीङलाले आफ्नो लेखमा उल्लेख गरेका छन् । यसरि आजीवन भाषा,लिपि प्रचारक बनेको सेन्दाङ जीवनको अन्तिम घडीमा आफ्नो छोरीको घर ‘’आसाम’’ तिर लागे र उतै ८६ वर्षको उमेरमा उनको चोला उठ्यो । 

अन्त्यमा उनि ‘’सिरिजङगा सीङथेबे’’र ईतिहासकार ‘’ईमानसिङ चेम्जोङको’’ बिचमा महान किरात पुलको रुपमा रहेकोले किरात भाषा,लिपि ,साहित्य र सस्कृति जस्ता महान सम्पतिहरु लोप हुन बाट बचेको छ ।  त्यसैले उनलाई सदा सर्वदा चम्किरहने एक उज्वल नक्षत्रको रुपमा मानिन्छ ।

लालसोर सेन्दाङका नौ वटा अनौठा गुणहरु 

* लालसोरले सेन्दाङले सिस्नोबाट बुनेको भाङ्ग्रो मात्रै लगाउथे ।

* उनी आफ्नो थरका सट्टा "किराँत" मात्रै लेख्दथे । त्यस्तै कुनै ठाउँ उस्ले सेन्दाङको सट्टा सेन मात्रै लेख्ने गरेको उनले लेखेको शिलालेख र पाण्डुलिपि कागजहरुमा भेटिन्छ ।

* भाङ्ग्रोको डोरीले बाधेको काठको दावमा खुकुरी र कर्द राखेको कम्मरमा जहिल्यै पनि भिरेको हुन्थ्यो ।

* उनी कहिले पनि खालिहात चुप लागेर बस्दैन थिए , लेख्ने पढ्ने वा डोको नाम्लो जस्ता घरेलु प्रयोगमा आवश्यक सामग्रीहरु बुन्ने गर्दथे । गाउँमा घुम्दा बुनेका त्यस्ता वस्तुहरु गाउँलेहरुलाई बाड्ने गर्दथे ।

* लालसोर चैनपुर बाट माटोको भाडाहरु लिएर घर फर्कदै थिए , कति राम्रा भाडाहरु भन्ने बाटामा हिड्ने मानिसहरूलाई एक-एक भाडा दिदै घर आईपुग्दा एउटा सानो फुजिक मात्रै रहेको थियोे । किन सबै अरुलाई बाडेको भन्दा उनले यसो भने :- लोभ गर्नु हुदैन लोभीलाई दिनुपर्छ त्यो मात्रै एक धर्म हो । माग्नेलाई दिईएन भने उस्ले चोर्न थल्छ । कति राम्रो भन्नु नै उस्मा लोभ जन्मनु हो । यसबाट पछि ठुल-ठुला घटनाहरु घट्न जान्छ ।

* तमोर नदि नाघ्न नहुने उनको विश्वास थियो , तान्त्रिक शक्तीले हावामा रुपधारण भै नदि तर्ने गर्दथे ।

* उनि जहिल्यै पनि चेलाहरुको पछि मात्र हिड्दथे खोलाको मुख आईपुग्दा आफुहरु भन्दा पछाडी हिडेको लालसोर पुलपारी हिडिरहेको देखेर सबै आश्चर्य हुन्थे ।

* उनले तान्त्रिक मन्त्रद्वारा जोडी विजोडी अंक कोरेर अंक बाट भविष्यवाणी गर्दथे ।

* उनि बर र पिपल संगै रोप्दा महापाप हुने तर्क  राख्दथे । बर भनेको महादेव र पिपल चाही बोक्सी राक्षसको रुप हो भन्ने गर्दथे ।

लालसोरले आफ्नो पिता वागदलले जस्तै मठमन्दिर निर्माण तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिएका थिए । उनले बाटो खन्ने र वृक्षरोपण गर्ने जस्ता थुप्रै कामहरु पनि गरेका थिए । फुलबारी ८ मेहेले ताप्लेजुङमा उनको घरको भग्नावशेस अझै देख्न सकिन्छ । (रामगुवा) भनेर चिनिने भग्नावसेस घर भको ठाउँमा चिउरीको पातलो पात भको जस्तो एउटा अनौठो वृक्ष छ । त्यो वृक्षमा चोट लाग्दा रगत जस्तै रातो चोप आउछ । अचम्म कुरा त्यो जातको वृक्ष अहिलेसम्म सम्म कतै देखा परेको छैन ।

No comments: