ताप्लेजुङ
माङछागा स्पोटीङ क्लव फक्ताङलुङ ४ ताप्लेजुङको आयोजनामा यहि मिति २०७६ साल मंसिर
२५ गते देखी ३० गते सम्म चासोक तङ्नामको अवसर बनाएर सोहि स्थानमा चासोक तङनाम मेला
लाग्ने भएको छ l चासोक तङ्नाम भन्नाले लिम्बु जाती/समुदाय संग जोडिएको विशेष यसलाई
लिम्बु समुदायले उधौली पुजाको रुपमा पनि लिने गर्दछन तर अहिले यसलाई केहि परिवर्तन
गरेर देश विदेशमा एउटा चार्डको रुपमै मनाउने चलन थालिएको पाईन्छ l यो चलन एक किसिमले सकारात्मक पनि मान्न सकिन्छ
समुदाय अनि सस्कार सस्कृतिको विकासको लागि पनि यस्ता किसिमको नयाँ कार्य थलानीहरु
हुन् आवश्यक पनि छ l
बजार संयोजक
समितिका पदाधिकारी येहाङ
लाबुङका अनुसार चासोक तङनाम मेलाको उदेश्य
रमाईलो कार्यक्रम र खेलकुद मात्रै नभएर ओझेलमा परेका पर्यटकीय स्थलहरुको
प्रचारप्रसारलाई विशेष प्राथमिकता दीईने पनि बताए l
मेलाको
आकर्षणहरु
· * प्रतिस्पर्धात्मक फुटबल
· * प्रतिस्पर्धात्मक नृत्य
· * प्रतिस्पर्धात्मक गायन
· * जातीय पहिचान झल्काउने झाकी
ओझेलमा
रहेको पर्यटकीय स्थलहरु
· * ताप्लेजुङ जिल्लाकै लामो अनि सुन्दर
झरना (माङ्छाङ्गा)
· * त्यती धेरै पाईला पुग्न नसकेको
मानाभारा देवी (शेवालुङ) डाडा
· * प्राकृतिक रुपमै सर्पको चित्रण भएको
(नाग शिला)
No comments:
Post a Comment