- लच्छा चुम
म आफै पनि कती मुर्ख छु
जस्तो लाग्छ कहिलेकाहिँ मनमा विचित्रको कुराहरु खेलाउदै वन जंगल वनस्पति अनि
प्रकृतीलाई खुब बुझ्न मन लागेर आउछ , यो मन यतिमा मात्रै सन्तुष्ट भने पक्कै छैन l
जीवनको हरेक भोगाईहरुदेखी पनि दिक्क हुदैँ कुनै नयाँ कुराहरुको कौतुहलता अनि
त्यसको आसायहरु खोज्न मन लाग्छ l कहिले त यस्तो पनि लाग्छ भगवान/देउता कस्तो हुन्छ
? कहाँ भेटिन्छ ? यी र यस्ता कुराहरुले मलाई अझै आध्यात्मिक क्षेत्रतिर धकेल्दै
रहेको आफैलाई महसुस हुन्छ I त्यसपछि खोलानाला ढुंगा , पहाड , पर्वत , हिमशृंखलाहरु
संग बोल्न मन लाग्छ ती प्रकृतीका
प्राकृतीक आवाजहरु मेरै वरपर गुन्जदा कता कता आनन्द अनुभुती गर्दै कतै म संग पो
प्रकृती बोल्दै छ होला जस्तो पनि महसुस हुने मेरो यो फरक बुझाईहरु कति भिन्न र
अजिव छन I एउटा प्रकृतीप्रेमीको मनमा प्रकृतीको मोह बस्नु स्वाभाविक हो तर त्यहि
प्रकृतीको प्राकृतिक बनावट अनि अदभुत दृश्यहरुबाट मुन्धुम केलाएर निकाल्नु भने
सजिलो विषय पक्कै होइन , हामीले सदियौंदेखि मुन्धुमका वाक्यांशहरुमा सुन्दै
आईरहेको का:ई लुङधुङ यहि ठाउँ अनि यहि ढुंगा हो जहाँ चेली र माईती विच अमैथुनिक
सम्बन्ध भएको थियो , मुन्धुमी पात्र अनुसार तिनीहरु सुहाफेम्बा र लाहादाङना थिए
भन्ने कुरा मुन्धुममा भेटिन्छ l मानव उत्पती हुदैँ गर्दा जगतमा मानव सृष्टि रोकिने
डरको कारण यहि हाडनाता विचको सम्बन्धलाई मानव सृष्टिको मुख्य आधार बनाईएको कुरा
(साक्मुरा वादेम्मा) पाठमा उल्लेख छ I मलाई थाहा छ यो ढुंगा त मान्छे संग कदापि
बोल्न सक्दैन तर यहि ढुंगामा तिनीहरुले छोडेको चिनो खुट्टाको पैताला भने अझै पनि
बोलिरहेको देख्छु , ईशारा गरिरहेको देख्छु तर यहि ठाउँ यहि ढुंगा दिनानु जिर्ण
हुदैँ जादैछ , मुन्धुमको बोट नै मारेर जादैछ तैपनी वास्ता छैन सम्बन्धित जातिलाई ,
समुदायलाई कठै मेरो समुदाय................बाकि आउदो अर्को पृष्ठमा पुरा लेख्नेछु
I
Email : lachhaachum@gmail.com
Web : sunaulobihanee.blogspot.com+977-9808671127
No comments:
Post a Comment