Tuesday, April 2, 2019

जग्गाको विषयलाई लिएर युमा र किराँत धर्म विच विवाद परेको खाम्पूलिङ माङहिम अन्तत विवाद साम्य हुदैँ मन्दिर पुन निर्माणको पक्षमा कार्य अघी बढ्दै.......

ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँ पालिका साविक खेजेनिम गाउँको तिरमा अवस्थित माटोको ढिक्का उठेर बसेको ठाउँ अर्थात खाम्पूलिङ डाडामा किराँत धर्मावलम्बीहरु द्वारा निर्माणवधिन किराँत खाम्पुलीङ हाङसाम माङहिम निर्माण कै क्रममा जग्गाको विवाद परेको हो  करिब २ रोपनी बराबरको क्षेत्रफलमा रहेको मन्दिर परिसर स्थानीय एकजनाको बारीको सिमाना पर्न गएको हुनाले उनले मन्दिर परिसरको जमिन समेत आफ्नो नाममा रहेको भनी झुठो जाहेरी गरेको मन्दिर निर्माण समिती बताउछन  नापी विभाग ताप्लेजुङको कार्यालयमा दर्ता भए अनुसार उक्त जमिन कसैको व्याक्तीगत नाममा नभएर लिम्बु जातीको नाहाङमा पुजा गर्ने सबैको साझा स्थल नाहाङमा डाडा नामको सार्वजनिक रुपमै छुट्याइएको हुनाले त्यहाँ कुनै व्याक्तीले एकलौटी अधिकार पनि जमाउन नपाउने बताईएको छ  लिम्बु समुदायमा बढ्दो धार्मिक विवादमा युमा साम्यो र किराँत धर्मको आपसी मतभेतले आउदो जनगणनामा धर्मको हकमा लिम्बु समुदाय दुई भागमा विभाजन भई शुन्यमा पुग्ने विज्ञहरुको भनाई छ  २०५५ सालदेखी सोही ठाउँमा मन्दिर निर्माण गरी किराँत धार्मिक विधीद्वारा पुजाआजा गरिल्याएको त्यहि मन्दिरलाई दीर्घकालीन रुपमा यथावत रहने गरी , नयाँ मन्दिर निर्माण समिती गठन गरी फक्ताङलुङ गाउँ पालिकाको सहयोग र सम्पुर्ण किराँत धर्मावलम्बीहरुको आपसी सहयोगमा आठ कोणको पक्कि भवनमा मन्दिर निर्माण कार्य सुरु भएको छ l यसैगरी युमा धर्मको आस्थाप्रती सम्मान गर्दै नव निर्माणवधीन मन्दिरको छेउमा रहेको एउटा वृक्ष र त्यहाँ राखिएको केहि शिलाहरु भने नाहाङमा यकको प्रतिक स्वरूप सुरक्षित नै राखिने बताईएको छ  दुई धर्मको आस्थाको केन्द्र एउटै पर्न गएको हुनाले यो विषयमा भावी दिनहरुमा कुनैपनी किसिमको विवाद नगरी मिलेर आ-आफ्नै आस्थामा अडिग रहने कुरामा किराँत धर्मावलम्बी सकारात्मक देखीएको छ भने युमा धर्मावलम्बी अझै असन्तुष्ट छन् l मन्दिर निर्माण समितीका अध्यक्षका अनुसार युमा धर्म सरोकारवालाहरुले खाम्पूलिङमा किराँत माङहिम मन्दिर निर्माणमा रोक लगाउने आवाज उठाएता पनि उक्त गतिविधी कानुन विपरित पर्न जाने भएकाले व्यावहारमा लागु हुन सकेन l यस अघी पनि तेह्रथुमको मेंछ्यायेम डाडामा मन्दिर निर्माण कै विषयमा उब्जेको विवादहरु अझै पूर्ण रुपमा सहमती हुन् नपाउदै यो अर्को विवाद थप हुनु लिम्बु समुदायकै लागी दुखद कुरा हो , यस्ता जटिल कुराहरुमा आपसी मेलमिलाप नगरी एक एर्का संग लडिरहनु आफ्नै समुदाय र आउदो पिडीहरुको लागि हानिकारण हुने कुरा स्थानीय गैर समुदायको केहि  अगुवाहरुले टिप्पणी गरे





निर्माण समितीका अध्यक्ष
मन्दिर निर्माण कार्य योजना अनुमानित बजेट भन्दा बढी लागत लाग्ने भएको हुदा देश विदेशमा रहनु हुने सम्पूर्ण किराँत धर्मावलम्बी महानुभाव ज्युहरु तथा सम्बन्धित संस्थाहरुमा सहयोगको अपेक्षा राख्दछौं    

सम्पर्क :- +९७७ - ९८१७९८९१९७ 




2 comments:

jharna said...

Hami limbu haruko purkhauli sthal harumaa bhawan manghim banaunu hudaina

सुनौलो बिहानी said...

अमूल्य सुझावको लागि धन्यावाद