Wednesday, May 17, 2017

खन्युको रुख ढल्दा महागुरु फाल्गुनन्दको आखाबाट आसु खस्यो



वास्तवमा ठुला ठुला रुखहरुले त्यस गाउको छुट्टै पहिचान र शान दिएको हुन्छ l विश्वको कतिपय ठुलो र बुढो रुखहरुले पर्यटकहरुलाई आकर्षण गरिरहेको हुन्छन l यो त भयो बुढो रुख र ठुलो रुखको सदृश्यात्मक भौतिक महत्वको कुरा l त्यस्तै अध्यात्मिक दृष्टिकोणले पनि ठुलो र बुढो रुखहरु ज्यादै महत्वपूर्ण हुदारहेछन l महागुरु फाल्गुनन्द केवल समाज सुधारक,साम्जिक मुन्धुम दाता मात्र हुनुहुन्न थियो l  उहा वनजंगल,वनस्पति प्रेमी महापुरुष पनि हुनुहुन्थ्यो l उहाले लब्रेकुटि, सिलौटी जस्ता आफ्नो कर्मभुमिहरुमा हजारौको संख्यामा वृक्षारोपण गराउनु भएको ईतिहास प्रसिद्द छ l ईलाम जिल्लाको जितपुर मन्दिर छेउ बरडाडामा महागुरु फाल्गुनन्दको समयमा विशालकायाको एउटा खन्युको रुख थियो l जुन खन्युको रुख जति टाढा भएपनि देख्न सकिने दृश्य चिन्ह थियो l जितपुर गाउ लिङदेन लिम्बुहरुको पुरानो थातथलो पनि हो l अधापी लिङदेनहरुको बसोबास रहिआएको छ l महागुरुको प्रसिद्दी बाट प्रभावित भएर ईन्द्र बहादुर लिङदेनले महागुरु फाल्गुनन्द समक्ष एउटा सेतो बाछि अर्पण गर्यो उक्त बाछिलाई मन्दिर छेउमा ल्याएर बाधियो l साझ पर्न लागेकोले बाछी भोकाएको भन्ठानी महागुरुले किशोर उमेरमा उक्लिरहेको प्रसादसिङ फत्र लिम्बुलाई ठुलो खन्युको रुख देखाउदै बाछिको लागि एक अँगालो घास झार्न अर्हानु भयो l प्रसादसिङले खन्युको रुखमा चढेर एक अँगालो घास झारेर बाछीलाई लगाईदिए l घास झार्दै गर्दा मंगलसिङ लिङदेन आक्रोशयुक्त दृष्टिले हेरेका थिए प्रसादसिङ लाई l तर कुनै नराम्रो वचन भने गरेनन l जग्गा मंगलसिङ कै भए पनि कुरा एकै अँगालो घासको थियो,ठुलो कुरा थिएन l महागुरु फाल्गुनन्दप्रति मंगलसिङको घृणा आक्रोश सबै थिएछ l किन भने भोलिपल्ट बिहान भालेको पहिलो डाको संगै महागुरुका भक्त शिष्यहरू जमुना धारामा नुहाउनु जादै  गर्दा बन्चरोको प्रहार ट्वाक ट्वाक आवाज आईरहेको थियो l बिहानी घामको लालीकिरणले जितपुर डाडालाई स्पर्श गर्दै थियो l त्यसै बेला सदियौ वर्ष पहिलेदेखी जितपुर डाडालाई छुट्टै पहिचान र शान दिदै अविचल रहेको विशालकाया खन्युको रुख ढल्यो गर्लम्मै l बिहानीको यो दृश्यले महागुरुको हृदयद्रविभूत भएछ, उहाको आखाको डीलबाट आसुको ढिक्का खस्न थाल्यो l ति आसु जितपुर कै माटोमा रसिन पुग्यो l यसरि अध्यारोमै रुख ढाल्नुकै पछाडी महागुरुप्रतिको आक्रोश एक मात्रै कारण देखिन्छ l तर आक्रोशको पछाडी कुनै कारण नै देखिदैन l  यदि थियो भयो त्यो ईर्ष्या मात्रै थियो l आखा बाट आसु खसाल्दै महागुरुले भन्नु भयो ‘’यो खन्युको रुख मेरो दृश्य चिन्ह थियो,म हिमाल गएर बस्दा मेरो जितपुर गाउ हेर्ने चिन्ह रुख थियो ,दुनियाले सिलौटी नाम्फुन्यक मन्दिरबाट हेरेर जितपुर मन्दिरको पहिचान गर्थे यो खन्युको रुख ढाल्ने मान्छे भलो हुदैन है’’ महागुरुको मुखबाट यस्तो शब्द फुत्कियो l ‘’बिनासकाले विपरित बुद्दी’’ भने झैँ मंगलसिङ लाई त्यहि सालमा एक अनौठो बिमारले भेटायो उसको घाटि छेउमा पानि फोका जस्तै उछ्रीए पछी त्यसैले गम्भीर घाउको रुप लियो l अन्ततोगत्व त्यहि गाउको कारणबाट उसले मृत्यु ग्रहण गर्नु पर्यो l

 
साभार: महागुरु फाल्गुनद सम्बन्धि सत्य तथ्य घटना कथा संगालो


सुनौलो बिहानी - ताप्लेजुङ 
       

No comments: