"माङ्ग छाँगा" अर्थात "देव झरना"… ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँ-पालिका वडा नम्बर - ४ मा रहेको यो सुन्दर झरनालाई स्थानियहरुले "माङ्ग छाँगा" नामले चिन्ने गर्दछन । लिम्बु भाषामा राखिएको नाम माङ्ग छाँगा यसको नेपाली भाषामा "देव झरना" भन्ने अर्थ लाग्छ ।
करिब ३०० मिटरको उचाईबाट झर्ने माङ्ग छाँगाको नाम किवदन्ती र कथामामा पनि जोडिन्छ । कथाबाजेहरुको अनुसार कुनै समय यहि झरनाको पानीमा देवी देउताहरूले स्नान गर्दथे त्यहि समयदेखी यो झरनाको नाम देव झरना रहिआएको भन्ने भनाई छ । पछिल्लो समययता सामाजिक संजालहरुमा झरनाको तस्विर सार्वजनिक भए संगै सोहि गाउँ-पालिकाको चालु आर्थिक बजेटबाट झरना सम्म पुग्ने पैदल मार्ग निर्माग भएको छ यती सुन्दर झरना आजसम्म गुमनाम रहनुको मुख्य कारण प्रचार-प्रसारकै कमि हो ।
झरनाको स्थलसम्म पैदल मार्ग पुगेपछी अहिले दैनिक रुपमा झरना अवलोकन गर्नेहरुको आवत-जावत भैरहेको देखिन्छ फक्ताङ्गलुङ गाउँ-पालिकाको गुरु योजना अन्तर्गत झरनासम्म चाडैं मोटर बाटो पुर्याउने बताईएको छ ।
______________________________________________
टिप्पणी :-
माङ छाँगा होइन माङ्ग वधाम हो । लिम्बु भाषा र व्याकरणलाई हेर्दा "छाँगा" कुनै शब्द सम्बन्धित नभएको हुँदा यसको उचित अर्थ लाग्ने शब्द वाधाम हो , माङ्ग छाँगालाई उचित अर्थमा ल्याउन माङ्ग वधाम बनाएर प्रचार-प्रसारमा ल्याउनुपर्छ ।
_________________________________________________
सामग्री संग सम्बन्धीत तपाई संग भएको विचारहरु तलको कमेन्ट बक्समा राख्नु होला ।
No comments:
Post a Comment