Thursday, June 8, 2017

कुमार लिङदेन"मिराक''को पर्चश्व बढ्दै,अशोक राई,बाबुराम भटराई र खगेन्द्र माखिम पतासाफ हुंदै,उपेन्द्र यादव मधेसमा छँदै छ





- महेन्द्र लिम्बु  "दोहा कतार"

 वि.स.२०६२/६३ को जन आन्दोलन पश्चात स्थापित भएका दुई नेताका नाम हुन उपेन्द्र यादव र कुमार लिङदेन।वि.स.२०६३ साल माघ १ गते अन्तरिम सम्बिधान जारी हुंदा संघीयता शब्द नराखिए पछि उपेन्द्र यादवले मधेसमा आन्दोलन छेड्यो।जून आन्दोलनले २४ दिन पछि गिरिजा प्रसाद कोइरालले सँघीय प्रणालीमा जाने उदघोस गर्नु भयो भने लिम्बुवानमा कुमार लिङदेन नेतृत्वमा पहिचान सहितको सँघियता र समानुपातिक प्रणालीको लागि आंदोलन छेड्यो।जून आन्दोलनले २०६४ फाल्गुन १८ गते र चैत ०६ गते नेपाल सरकार र लिम्बुवान बीच ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान हुने र समानुपातिक प्रणालीमा निर्वाचन हुने सम्झौता भयो।अहिलेको राजनीतिक घटनाक्रमहरु यही एजेण्डा वरिपरि नै राजनीतिक दलहरु घुमिरहेका छन।
                    उपेन्द्र यादवको आन्दोलनको मुख्य एजेण्डा संघीयताको नाममा मधेस एक प्रदेस थियो।यो मधेस एक प्रदेसको नाराले लिम्बुवान र थारूहटको पहिचान लाई सिधै अपहरण गरेको थियो।तर लिम्बुवान र थारूहटले निरन्तर पहिचानको लागि आन्दोलन गर्यो।यही लिम्बुवान र थारुहटको आन्दोलनले गर्दा उपेन्द्र यादव आफ्नो मधेस एक प्रदेसको एजेण्डा बाट पछि हट्यो तर भित्री रुपमा अझै उपेन्द्र यादवले मधेस एक प्रदेस नै चाहान्छ।त्यसैले अहिले सम्म थारुहट राजनीतिक दल र पहिचान जनित संघ सस्थाहरुले उपेन्द्र यादव लाई विश्वास गरेको अवस्था छैन।त्यसैले लिम्बुवान र थारुहट राजनीतिक दलहरुले मोर्चा बन्दी बाहेको पार्टी एकता कहिले गरेनन।नेपाली जनता लाई राम्ररी थाहा छ नेपालको हकमा पहिचान सहितको संघीयता सबै भन्दा उत्तम प्रणाली हो तर जनता लाई यो पनि थाहा छ कि मधेस एक प्रदेस सबै भन्दा खतरा हुन्छ भनेर।
                      करिब डेढ वर्ष पहिले उपेन्द्र यादव र अशोक राईले विधिवत रुपले पार्टी एकता गरेको थियो।एकता पछि ठुला ठुला मधेस आन्दोलनहरु भए।सयौ जनता घाइते भए,सयौ घर परिवार विस्थापित भए भने ६० जना भन्दा बढी निर्दोष मधेसीहरुको राज्य बाट हत्या भयो।यसरी मधेसमा आन्दोलन गरी रहँदा,क्रुर सरकारले मानिसहरू लाई मारी रहँदा अशोक राईले एकपटक पनि आफ्नो क्षेत्र खोटांग भोजपुरमा आन्दोलनको घोषणा गर्नु भएन।राजेन्द्र श्रेष्ठले काठमाण्डौमा कुनै कार्यक्रमहरु गर्नु सकेन।आङकाजी शेर्पाले आफ्नो क्षेत्र सोलुखुम्बुमा एकपटक पनि आन्दोलन गर्नु सकेन।यी नेताहरुले आन्दोलनको बारेमा एक पटक जनता लाई सुनाउमने काम गरेनन।उपेन्द्र यादव मधेस बाहेक अरु क्षेत्रमा आन्दोलन नै गर्नु चाहाँदैन थियो।अशोक राई,राजेन्द्र श्रेष्ठ,आङकाजी शेर्पा उपेन्द्रको पछि पछि हिड्दै ठीक भयो।आफ्नो क्षेत्र छोडेर मशेस  एक प्रदेसको लागि मात्र आन्दोलन गर्ने नेताहरु लाई पहिलो स्थानीय तहको चुनावमा देखाई दिए।राजेन्द्र श्रेष्ठ आफ्नो क्षेत्रमा पतासाफ भइ सक्यो।उपेन्द्रको पछि कुद्ने बाबुराम भटराई आफ्नै क्षेत्रमा पतासफ भइ सक्यो।अब अशोक राई,आङकाजी शेर्पा र खगेन्द्र माखिम पतासफ हुंदै छन।
                मित्रहरु यसरी मधेसमा आन्दोलन भइ रहँदा,राज्यले दमन गरी रहँदा लिम्बुवानका सह अस्तित्ववादी एवँ पहिचानवादि नेता कुमार लिङदेन ले मधेसवादी दल सँग मोर्चा बन्दी गरेर हिमाल पहाड तराई पूर्व पश्चिम एकै पटक आन्दोलन गर्ने योजना बनाउनु भयो।कुमार लिङदेनको मक्सद १०+१ प्रान्त जसरी स्थापित गर्ने र उपेन्द्र यादव लाई १०+१ प्रान्त स्वीकार गर्न लगाउनु थियो।लिम्बुवान देखि खसान सम्म थारुहट मधेस देखि काठमाण्डौ सम्म आन्दोलन पनि भए।आन्दोलन चरम उत्कर्षमा पुगिरहेको थियो।तर उपेन्द्र यादवले बीचमा आन्दोलन छोड्नु भयो।उपेन्द्र यादवले बीचैमा आन्दोलन छोड्नु भनेको १०+१ प्रान्त अस्वीकर गर्नु हो।

                   यसरी मोर्चाको आन्दोलन तुहिँदै थियो भने लिम्बुवानमा स्वघोषित अध्यक्ष बनेका खगेन्द्र माखिम आफ्नो पद सम्हालेको १५ दिन पनि नपुग्दै आफ्नो टिम लिएर फोरममा विलय हुनु भयो।खगेन्द्र माखिमले पहिले देखि नै लिम्बुवान आन्दोलन र मोर्चाको आम्दोलन लाई असहयोग गर्दै आएको थियो।उता उपेन्द्र यादवले आंदोलन छोड्नु र खगेन्द्र माखिम हतार हतार उपेन्द्र सँग हात मिलाउनु ले यी दुवै नेता १०+१ प्रान्त विरोधी नै हुन।लिम्बुवानी जनताले राम्ररी बुझी सकेका छन।अब संघीय समाजवादी फोरम लिम्बुवान बाट पतासफ हुन्छ।कुमार लिङदेन ले अगाडि सारेको १०+१ प्रान्त नै वैज्ञानिक भएकोले जनताले मञ्च लाई घर चिन्हमा मतदान गर्छँन भन्नेमा कुनै सँका छैन,जय लिम्बुवान जय संघीय नेपाल।



सुनौलो बिहानी 
http://sunaulobihanee.blogspot.my/2017/06/blog-post_48.html?m=1

No comments: